News Portal

  • भक्तपुरमा एक साता नबित्दै अर्को सवारी दुर्घटना : काभ्रेका एक युवाको ज्यान गयो

    बाबुराम दाहालभक्तपुर, ११ माघ
    १०३० पटक
    भक्तपुर, ११ माघ

    मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन ।

    सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा स्कुटर र ट्रक ठोक्किदा स्कुटर चालक ३९ बर्षका प्रकाश मानन्धरको मृत्यु भएको हो । काभ्रेको बनेपा नगरपालिका–६ घर भएका मानन्धरको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

    बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटर विपरित दिशाबाट आइरहेको ना ६ ख ५९१९ नं को मालबाहक ट्रकसंग ठोक्कीएपछि गम्भीर घाइते स्कुटी चालक मानन्धरलाइ भक्तपुर अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई साँझ नै मृत घोषणा गरेको प्रहरीले जानकारी गराएको छ ।

    ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

    पछिल्लो समय भक्तपुरमा सडक दुर्घटनाको समाचारले मानिसहरु त्रस्त बनेका छन् । साँझको समयमा तिब्र गतीका कारण दुर्घटना बढेको प्रहरीको दावी छ तर मानिसहरु ट्राफिकले पर्याप्त निगरानी नपुर्याउदा दुर्घटनाको जोखिम बढेको बताइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...