News Portal

  • प्रम देउवासहित अध्यक्ष प्रचण्ड र ओलीलाई मुद्दा हाल्ने घोषणा

    इभक्तपुर संवाददाताकाठमाडौँ, १२ माघ
    ८४८ पटक
    काठमाडौँ, १२ माघ

    बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन् । शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंहले मुद्दा हाल्ने उद्घोष गरेका हुन् ।

    “यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माके अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं” सिंहले भने । उनले चुनाव हुँदैमा संक्रमणकालको अन्त्य नहुने भन्दै नयाँ संक्रमणकालको शुरुवात भएको जिकिर गरे ।

    अध्यक्ष सिंहले सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने पनि बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने उनले दावी । पत्रकार सम्मेलनमा उक्त संगठनका महासचिव दिपेन्द्र चलाउनेले जनयुद्ध दिवसको अवसर पारेर फागुनबाट नै सीमा खोज्ने अभियान चलाउने भन्दै मेचीदेखि महाकाली, हिमालदेखि तराईका सीमासम्म पुग्ने क्रान्तिकारीको योजना रहेकोसमेत खुलासा गरे ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...