योगगुरु बाबा रामदेव यानेकी रामकिशन यादव बिरुद्ध राजस्थान प्रहरीमा एफआईआर दर्ता भएपछी बाबा रामदेव हाईकोर्ट पुगेका छन ।
राजस्थान हाईकोर्टले आज उनलाई राहत दिदै एफआईआर दायर गर्ने अजमेर निवासी एसके. सिंह र राज्य सरकारलाइ नोटिस जारी गरेको छ र भनेको छ कि जालुपुरा थानामा बाबा रामदेव र आचार्य बालकृष्ण सहित अन्यको खिलाफ दर्ता भएको एफआईआरलाइ किन रद्द नगर्ने ? यसको जवाफ पेश गर्न अदालतले 20 मार्च सम्मको समय दिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार अजमेर निवासी एसके. सिंहले राजस्थानको जालुपुरा थानामा पतंजलिको एक बिस्कुटमा भ्रम फैलाएर बेचेको आरोप लगाउदै रामदेव लाइ जेल हाल्न माग गरिएको छ । १०० प्रतिसत पीठो भएको बिज्ञापन समेत बजाएर बिस्कुटमा मैदा प्रयोग गरेको उनको दावा छ । प्रयोगशालाको रिपोर्टले पनि रामदेवलाई झुटा सावित गरेपछि उनी तनावमा आएका थिए र हाइकोर्ट पुगेका हुन् ।
उनले एसके. सिंह हंगामाको लागि मात्र प्रहरीकोमा गएको र यो बिषय प्रहरीले हेर्ने नभई खाध्य सुरक्षण विभागको क्षेत्र भएको अदालतमा जिकिर गर्दै आएका छन् ।