News Portal

  • बनेपामा टिपरको ठक्करबाट सूर्यविनायकका बद्री खड्काको ज्यान गयो

    इभक्तपुर संवाददाताभक्तपुर, २० माघ
    १११८ पटक
    भक्तपुर, २० माघ

    शनिवार भएको एक सडक दुर्घटनामा परि सूर्यविनायकका एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा परि सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्काको ज्यान गएको हो ।

    बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा पैदल हिडिरहेका खड्कालाई टिपरले ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३३२६ नम्बरको टिपरले खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    खड्काको ज्यान गएपछि बनेपा बजार केहिबेर तनाबग्रस्त बनेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । दुर्घटना गराउने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...