News Portal

  • करणका कारण नेपालले अन्तिम बलमा पछार्यो क्यानाडालाई : विश्वकपको छनौट यात्रा सुनिश्चित

    इभक्तपुर संवाददाताभक्तपुर, २ फागुन
    ९७७ पटक
    भक्तपुर, २ फागुन

    आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म खेल्दै रोमान्जक जीत निकालेको हो ।

    टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । जावाफी ब्याटिङमा ओर्लिएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो तर करण केसी र सन्दिप लामिछानेको जोडी जमेपछि रोमान्जक जीत हासिल भयो । जीत निकाल्न अन्तिम बलसम्म खेल्नुपरेको खेल ज्यादै रोमाञ्चक बनेको थियो ।

    करण नै जीतको निर्यायक खेलाडी बने । उनले ३१ बलमा ३ चौका र ४ छक्का हान्दै नटआउट ४२ रनको योगदान गर्दै नेपाललाई जीत मात्र दिलाएनन विश्वकप छनौट खेल खेल्ने यात्रा तय गराउन समेत मद्दत गरे ।

    पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...