News Portal

  • राष्ट्रिय बाल अधिकार सम्मान -२०७४ बाट बाल साहित्यकार विनय कुमार कसजु सम्मानित

    इभक्तपुर संवाददाताकाठमाडौँ, ११ फागुन
    १७६७ पटक
    काठमाडौँ, ११ फागुन

    बाल साहित्य र बालबालिकाको सूचनाको हकमा प्रणेताका रुपमा चिनिने विनय कुमार कसजु राष्ट्रिय बाल अधिकार सम्मान २०७४ बाट सम्मानित भएका छन् । शुक्रबार भएको एक कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले उनलाई उक्त सम्मान प्रदान गरिन्।

    चाइल्ड नेपालको १३औँ वार्षिक साधारण सभा र सामाजिक लेखा परिक्षणको अवसरमा आयोजना गरेको कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीले कसजुलाई तेस्रो राष्ट्रिय बाल अधिकार सम्मान प्रदान गरिएको हो ।

    कार्यक्रममा बोल्दै मन्त्री थापाले बालमैत्री ऐन र कानुनहरुको निर्माण गर्न आफ्नो निरन्तर प्रयास रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

    साथै मानव अधिकार रक्षक तथा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले पनि कार्यक्रममा सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि बालअधिकार अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता  व्यक्त गरे ।

    बाल अधिकारको क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने यो चलन सन् २०१४ बाट सुरु भएको हो । मानवअधिकार रक्षक तथा बालबालिकाको हक र अधिकार प्राप्तिका लागि निरन्तर काम गरिरहरेका गौरी प्रधानलाई पहिलो राष्ट्रिय बालअधिकार सम्मानबाट सम्मानित गरिएको थियो भने प्रारभिक बाल बिकासका प्रेणेताका रुपमा चिनिने अगाथा थापालाई दाेस्रो राष्ट्रिय बालअधिकार सम्मानले सम्मानित गरिएको चाइल्ड नेपालकी सोफिया अधिकारीले जानकारी गराएकी छन् ।

    कार्यक्रममा चाइल्ड नेपालका सचिव रत्न उप्रेतीले वर्षभरि गरेका गतिविधिहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए भने चाइल्ड नेपालका कोषाध्यक्ष बद्रि प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साथै संस्थाले सम्बन्धित अधिकारीहरुबाट आवश्यक प्रतिकृयाहरु सङ्कलन गर्दै आउने वर्षको लागि आवश्यक रणनितीहरुको निर्माण पनि गर्ने भएको छ । कार्यक्रमको अन्त्यमा बाल अधिकार, लैङ्गिक समानता जस्ता विषयहरुलाई उठाँउदै एक नाटक पनि प्रस्तुत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...