News Portal

  • सर्लाहीकै सर्वाधिक धनराशी रहेको फुटबल प्रतियोगिताको मिति तय

    प्रेमनाथ पाैडेलसर्लाही, १५ फागुन
    ९३१ पटक
    सर्लाही, १५ फागुन

    सर्लाहीकै सर्बाधिक धनरासी रहेको राजर्षि जनक कप फुटबल प्रतियोगिताको घोषणा गरिएको छ ।प्रतियोगिता चैत्र ८ बाट हुने घोषणा गरिएको हो ।
    मेरो मनको ज्योती बागमती युवा क्लबको आयोजनामा हुन लागेको दोस्रो संस्करणको प्रतियोगिता बागमतीस्थित बागमती सिचाई आयोजनाको खेलमैदानमा हुने र खेल सम्पन्न गर्न करिब ५०लाख खर्च लाग्ने अनुमान गरिएको क्लब का अध्यक्ष किस्मत मैनालीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
    प्रतियोगितामा सर्लाही ११ सहित नेपालका तीन बिभागिय टिम तथा भारत र भुटानका टिमसमेत सहभागी हुने बताइएको छ
    सर्लाहीकै गौरब बोकेको प्रतियोगिता मा बिजयी हुने टिमले राजर्षि जनक कपसहित नगद ५ लाख र उप बिजेता ले नगद ३ लाख पाउने छ्न ।
    त्यस्तै खेल अबधी भ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीलाई २ लाख ५० हजार मुल्य बराबरको बाईक र अरु तीन खेलाडीलाई ३३ हजार मुल्य पर्ने मोबाईल सेट प्रदान गर्ने जानकारी गराईएको छ ।

    जिल्ला फुटबल संघ सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ्गको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा पूर्व सांसद नरेन्द्र साहले प्रतियोगिताको पुरस्कारको लागि तयार गरिएको करिब ४ लाख को लागतमा चादी तथा सुन को जलप लगाई बनाईएको २० किलोग्राम तौल रहेको कप क्लबका अध्यक्ष मैनालीलाई हस्तान्तरण गरेका थिए ।
    कार्यक्रम मा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, क्लब का पूर्व अध्यक्ष रेवती कुमार पन्त लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...