News Portal

  • रुसको गोप्य भिडियो सार्वजनिक भएपछि अमेरिका आतंकित

    इभक्तपुर संवाददाताकाठमाडौं, १९ फागुन
    ११३९ पटक
    काठमाडौं, १९ फागुन

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार परमाणु हतियारको नयाँ प्रविधि विश्वसामू ल्याएका छन् ।

    यस क्रममा एक भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा मिसाइल बर्साउँदै गरेको दृश्य पनि देखाइएको छ। याे भिडियाे सार्वजनिक भएसँगै अाखिर रूस परमाणु युद्धको स्थितिमा सनसाइन स्टेट फ्लोरिडालाई किन लक्ष्य बनाउन चाहन्छ ? भन्ने प्रश्न उठेकाे छ ।

    फ्लोरिडामा वल्ट डिज्नी वर्ल्ड र एभरग्लेड्स नेशनल पार्क जस्ता ठुला पर्यटकीयस्थल छन् । यसका साथै यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मार ए लागो रिसोर्ट जस्ता हाई प्रोफाइल टार्गेट पनि रहेका छन् ।

    अमेरिकी रक्षा विभागका एक प्रवक्ताले बताए अनुसार पुटिनको यी अभ्यासबाट आश्चर्य मान्नुपर्दैन । रूसी खतरालाई महत्वहीन बताउँदै पेन्टागन प्रवक्ता ड्याना व्हाइटले भने, “अमेरिकी जनता ढुक्क भए हुन्छ, हामी पुरै तयारी अवस्थामा छौँ ।’

    पुटिनको यस भिडियो एनिमेशनमा कयौँ परमाणु हतियारलाई फ्लोरिडातर्फ गइरहेको देखाइएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा कयौँ परमाणु बंकर रहेका छन् । जहाँ राष्ट्रपति बनेपछि उनले कयौँ बिदाको समय बिताइसकेका छन् ।

    सन् १९२७ मा निर्मित मार ए लागोमा रहेका बं‌करमध्ये तीन कोरियाली युद्धका क्रममा स्थापना गरिएको थियो । त्यहाँबाट केही माइलको दुरीस्थित वेस्ट पाम बीचमा ट्रम्पको गल्फ कोर्समा (अमेरिकी म्यागजिन स्कवायरका अनुसार दोस्रो सुरुङ तल) एक अर्को बम सेल्टर रहेको छ ।

    दोस्रो बंकर राष्ट्रपति जोन एफ केनेडीका लागि बनाइएको थियो । जुन मार ए लागोबाट धेरै टाढा छैन । पिनट द्विपमा अवस्थित यस बंकर भन्दा केबल १० मिनेटको दुरीमा पाम बीच हाउस छ । जहाँ केनेडी नियमित आएर आराम गर्थे ।

    विशेषज्ञका अनुसार यी बं‌कर जति शानदार तरिकाबाट बनाइएपनि सीधै हमलाको अवस्थामा कुनै पनि सुरिक्षत हुन भने सक्दैनन् । एक अर्को निशाना अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) हुन सक्छ । जसको मुख्यालय ट्याम्पाको के म्याक्डिल एयरबेसमा रहेको छ ।

    सेन्टकममाथि मध्य-पूर्व, मध्य एसिया र उत्तर अफ्रिकाका केही भूभागमा अप्रेशनको जिम्मेवारी रहेको छ । तर विश्लेषकले भने परमाणु युद्धको स्थितिमा मुख्य लक्ष्य फ्लोरिडा भने नहुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...