News Portal

  • भोलि बैशाख १ गते नारायणघाट-मुग्लिङ्ग सडक खण्ड बन्द नहुने

    इभक्तपुर संवाददाता
    १०१६ पटक

    ३०, चैत्र।

    निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार भोलि खुल्ला रहने भएको छ ।हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन्

    ‘नयाँ बर्षको दिन सवैलाई आवातजातवमा सहज होस् भनेर बन्द नगर्ने निर्णय गरियो’ खनालले भने, ‘कामदारहरुले पनि काम नगर्ने र नयाँ वर्ष मनाउने भएपछी सडकबन्द नहुने  समेत बताए । वैशाख २ गतेबाट भने पुनः १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरी काम रोकिने खनालले बताए ।
    निर्माण जारी सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारेखसम्म निर्माणको काम सकि सक्ने गरी अन्तिम समया वधि थप गरिएको छ । भरतपुरको आँपटारीबाट मुग्लिन सम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह कालोपत्रे भइसकेको छ ।
    दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ । पहिलो तहको कालो.पत्रेलाई नै मुख्य जोड गरेको जनाउँदै सूचना अधिकारी खनालले भने, ‘दोस्रो र तेस्रो तहको पिच सक्न १ महिना पनि लाग्दैन ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...