News Portal

  • सिद्धार्थ साहित्य परिषद्को २१० औँ काव्यिक शृङ्खला सम्पन्न

    नेपालवाल संवाददाताभैरहवा, ६ जेठ
    १२३४ पटक
    भैरहवा, ६ जेठ

    सिद्धार्थ साहित्य परिषद्ले २१० औँ काव्यिक शृङ्खला भव्यतापूर्वक सम्पन्न गरेको छ । डा. कपिल लामिछानेको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

    उक्त अवसरमा गिरिराज भट्टराई, बालकृष्ण भट्टराई, गंगा लिगल लगायत लुम्विनी अंचलका विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उपस्थित साहित्यकारहरु मध्ये दुई दर्जन कवि तथा साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए ।
    उक्त कार्यक्रमका लागि काठमाडौंबाट विषेश पाहुनाको रुपमा साहित्यकार एवं कलाकार रमेश दाहाललाई निम्त्याइएको थियो ।
    कार्यक्रममा दाहालले साहित्यकार गंगा लिगलद्वारा लेखिएको गोधूलि (लघुकथा संग्रह) गंगाजल (हाइकु संग्रह) दुवै कृतिको विस्तृत समीक्षा गरेका थिए भने उनले आफ्नै सर्वाधिक लोकप्रिय “आमा !” शिर्षकको कविता पनि वाचन गरेर सुनाएका थिए ।

    परिषद्का अध्यक्ष गिरिराज भट्टराईले आफ्ना व्यस्तताका बाबजुद पनि कार्यक्रमको निम्तो स्वीकारी काठमाडौंदेखि आएकोमा रमेश दाहाललाई धन्यवाद दिएका थिए भने दाहालले नेपाली साहित्यको श्रीवृद्धिमा परिषदले पुर्याएको भूमिकाको खुलेर प्रसंसा गरेका थिए ।
    सिद्धार्थ साहित्य परिषद्ले साहित्य श्रीवृद्धिका लागि हरेक महिनाको पहिलो शनिबार यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...