इस्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको सरकार बनेसंगै मानिसहरुमा आशाको संचार भएको छ ।
पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोहमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर सडकमा निस्केका थिए ।
इराकी कम्युनिष्ट पार्टी सायरौन गठबन्धन बनाएर चुनावमा होमिएको थियो । कम्युनिष्टको जीतले बिग्रेको बक्दादी प्रशाशानमा सुधार हुने त्यहाँका जनताले बिश्वास लिएका छन् ।
पहिलो पटक बगदाद अन्तर्राष्ट्रिय क्रान्तिकारी गीतले गुञ्जयमान भएको छ ।