News Portal

  • अभिनेत्रीहरुसहित दर्जनौलाई यौन दुर्व्यवहार गर्ने निर्माता द्वारा आत्मसमर्पण

    नेपालवाल संवाददाताकाठमाडौँ, १२ जेठ
    १३१३ पटक
    काठमाडौँ, १२ जेठ

    हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष यो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो । यही ह्यासट्याग राखेर कयौं महिलाहरुले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए ।

    हार्वी वाइनस्टिन प्रसिद्ध मिराम्याक्स स्टुडिओका सहसंस्थापक समेत हुन् । अदालतमा अभियोजन पक्षले वाइनस्टिनले युवतीहरुलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको छ ।

    यद्यपि उनले यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्पर्क राखेको बयान दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...