News Portal

  • भारतको टाउको दुखाउने सम्झौता

    २५ साउन
    ८४६ पटक
    २५ साउन

    रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब रुसी आर्मी प्रतिष्ठानबाट तालिम लिन सक्नेछन् र त्यसका लागि बाटो खुल्ला गरिएको छ ।

    त्यसका लागि दुबै देशले रक्षा क्षेत्रमा द्धिपक्षीय सहयोगमा बृद्धि गर्ने निर्णय समेत गरेका छन् । अगष्ट ६ र ७ तारिकमा पाकिस्तानको भ्रमणमा आएका रुसी उपरक्षा मन्त्री कर्णेल जनरल अलेग्जेंडर व फमिनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । पाकिस्तानी रक्षा मन्त्रालयकाअनुसार मंगलबार रुस र पाकिस्तानबीचको संयुक्त मिलिटरी कन्सलटेटिव कमिटी(जेएमसीसी) को बैठक बसेर सो सम्झौता भएको हो ।

    निर्णयलगत्तै पाकिस्तानी रक्षा मन्त्रालयले भनेको छः ‘दुई देशबीचको सम्झौतामा पाकिस्तानी सैनिकले रुसी तालिम इन्टिष्च्युटमा भर्ती हुने र तालिमका लागि पठाउने सम्झौता भएको छ ।’ त्यसो त जेएमसीसी रुस र पाकिस्तानबीचको रक्षा सहयोग आदान प्रदान गर्ने सबैभन्दा ठूलो मञ्च हो । सो बैठकमा पाकिस्तानका तर्फबाट रक्षासचिव लेफ्टिनेन्ट जनरल(रिटायर्ड) जमिर उल हसन शाहले प्रतिनिधित्व गरेका थिए । यो बैठकभन्दा पहिले रुसी प्रतिनिधिमण्डलले रावलपिण्डीमा रक्षामन्त्रीसँग छलफल गरेको थियो ।

    बैठकमा दुई देशबीचको सुरक्षा सम्बन्धका अतिरिक्त अन्तर्राष्ट्रिय मुद्धाका बारेमा समेत गम्भीर छलफल भएको बताइएको छ । बैठकमा विशेषगरी मध्यपूर्व र अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार रुसी मन्त्री अलेग्जेण्डरले पाकिस्तानी सेना प्रमुखसँग पनि छलफल गरेका थिए । सेना प्रमुखसँग भएको छलफलका क्रममा क्षेत्रीय सुरक्षा स्थितिका बारेमा चर्चा भएको थियो ।

    सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तान अमेरिकासँग बढ्दै गएको दूरीसँगै रुस र चीनसँग घनिष्ठता बढाउन चाहिरहेको छ । पाकिस्तान लगातार रुपमा रुसी सैन्य सहयोग भित्र्याउने प्रयासमा देखिन्छ । यो सालको सुरुमै तत्कालीन विदेशमन्त्री ख्वाजा आसिफले मस्कोको भ्रमणसमेत गरेका थिए । सो भ्रमणका क्रममा दुई देशबीच सैन्य सहयोग बढाउने विषयमा सहमति भएको थियो । पछिल्ला ३ वर्षमा रुसले पाकिस्तानलाई अत्याधुनिक सैन्य हेलिकोप्टर लगायतका थुप्रै सैन्य सामाग्री समेत सहयोग गरिसकेको छ ।

    तनावमा भारत

    रुस भारतको सदाबहार मित्रशक्ति हो । तर पछिल्ला वर्ष पाकिस्तान र रुसबीच घनिष्ठता बढ्दै गएपछि भारत सशंकित हुँदै गएको भारतीय सञ्चारमाध्यामहरुले विश्लेषण गर्न थालेका छन् । इस्लामावाद र मस्कोबीच सैन्य स्तरमै घनिष्ठता बढेपछि भारतलाई चिन्ता हुनु स्वभाविक पनि हो । वर्षौदेखि जारी भारत र पाकिस्तानबीचको शीतयुद्ध अहिले पनि जारी छ ।

    भारतसँगको शीतयुद्धकै बीचमा पाकिस्तानले चीनसँग समेत घनिष्ठता बढाउँदै लगेको छ । चीनले पनि पछिल्ला वर्ष पाकिस्तानलाई सैन्य सहयोगदेखि विकासका कार्यक्रममा समेत राम्रो सहयोग गर्दै आइरहेको छ । पाकिस्तानको अमेरिकासँग बढ्दै गएको दूरी र चीन–रुससँग बढ्दै गएको घनिष्ठताबाट दक्षिण एसियामा थप क्षेत्रीय अस्थिरता निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । यद्यपि, पाकिस्तानी राजनीतिक रंगमञ्चमा इमरान खान नयाँ प्रधानमन्त्रीमा आउँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको द्धिदेशीय सम्बन्धमा पुनरावलोकन गर्न सक्ने संकेतका खबर समेत आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...