News Portal

  • यस्तो बन्यो एसीया कप छनौट खेल्ने क्रिकेट टोली (खेलाडी र खेलतालिका सहित)

    नेपालवाल संवाददाताकाठमाडौं, ३ भदाै
    १८६५ पटक
    काठमाडौं, ३ भदाै

    एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

    भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो ।

    टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन ।

    वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

    यसाघी पारस खड्काको कप्तानीमा अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोम्पाल कामी, सुबाश खकुरेल, सुनिल धमला र सुशन भारीको टिम घोषणा गरिएको थियो ।

    प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् जसमा जित्ने टोलीले युएइमा एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ।

    एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । ५० ओभरको हुने खेलमा सम्पूर्ण खेल मलेसियन समय १० बजे बिहान अर्थात् नेपाली समय अनुसार विहान ७:४५ बजे शुरु हुनेछ ।

    यस्तो छ नेपालको खेल तालिका :-

    २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान )
    ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान )
    १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान )
    २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान )
    ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान )
    ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...