News Portal

  • आयो संगीतकार सुनिलको उकाली ओराली : हेर्नुस् भिडिओ

    भक्तपुर, २ फागुन
    १६२५ पटक
    भक्तपुर, २ फागुन

    कुनै बेला निकै नै चर्चित गीतहरु ” होश हराए पनि मायालु” “जुनेली रात” जस्ता गीतहरु, जस्ले दिपेश किशोर भट्टराई लाइ नेपाली सांगीतिक
    क्षेत्रमा स्थापित गरायो तिनै गीतहरुका संगीतकार तथा संगीत संयोजक सुनिल गुरुङ “उकाली ओराली” नयाँ गीतका साथ सांगीतिक क्षेत्रमा फेरि उपस्थित भएका छ्न।

    गायक मुकेश शाहीको स्वर तथा बाबुराम रिमालको शब्द रहेको यो गीत लोक पप फ्लेवरमा रहेको छ। गायक मुकेशसंग यो पहिलो नभै पहिला थुप्रै गीतहरुमा काम गरि सकेको उनी बताउछन् । यि सांगीतिक क्षेत्रका दाजुभाइले बनि सकेको एल्बम “आईज” सि डि को जमाना आउट डेटेड हुदाँ रिलिज नहुदै फाल्नु परेको तितो अनुभव छ।”मेरो एकल सङीत र मुकेशजि को एकल स्वरमा एल्बम गर्दै थियौ तर सि.डि. को जमाना गए पछि लिई सकेको एड्भान्स पनि फिर्ता गर्नु पर्यो ” उनि बताउछन् । जस्ले गर्दा “नेवा बिटल्स” एल्बममा लिड गिटारको सम्पुर्ण काम गरेका, अनि स्ट्रीङ ब्याण्डका एक प्रमुख गिटारिष्ट र भोकलिष्ट र त्यस् ताका पप गीतका चर्चित सङीतकार सुनिल गुरुङ त्यसपछि त्यसैको झोकमा बेलायत भासिए , कहिले नफर्किने गरि ।

    “सांगीतिक क्षेत्रमा कहिले नफर्किने गरि म बेलायत तिर बस्न थालें तर साथी भाइको कर बलले गर्दा फेरि संगीत क्षेत्रमा आउन बाध्य भए” उनि सङीतमा फेरि आउनुको कारण बताउछन् । लामो समय पछि सङीतमा पुनः फर्केका संगीतकार सुनिल गुरुङ यस्का लागी मुकेश र गौरब शर्मा लगायतका साथिभाइ हरुको हौसला प्रमुख रहेको उनि बताउँछन् । संगीतकार गुरुङको लामो समयको अन्तराल पछिको यो गीतको श्रव्य दृश्य (भिडियो) भर्खरै सार्वजनिक भएको छ।

    यस गीतमा शब्द स्वर्गीय बाबु राम रिमालको रहेको छ भने संगीत सम्योजन सङीतकारको आफ्नै रहेको छ । दुर्भाग्य यो गीतका गीतकार रिमालले भने यो गीत सुन्न सुन्न हेर्न पाउनु हुन किनकी यस गीतका गीतकार को अलिक समय अघि देहान्त भईसकेको छ। “उकाली ओराली गर्दै” बोलको यो गीतको भिजुअलमा युवा पुस्ता बिच लोकप्रिय कलाकार निराजन प्रधान र गुनगुन थापा लगायतको अभिनयलाई पर्दामा देख्न सकिन्छ। यो गीत लोक पप बिधामा आधारित भई रचना गरिएको छ भने यस गीतमा एक जना बिदेसिएका नेपालीको आफ्नो मायालु सम्झि घर फिर्तीको कथा यो म्युजिक भिडियोमा देख्न सकिन्छ। भिडियोलाई सम्पादनमा युवा प्रतिभा लोकेन्द्र सुब्बाको साथ रहेको छ भने भिडियोको निर्देशन अहिलेका ब्यस्त म्युजिक भिडियो निर्देशक राजकुमार तामाङले गरेका छ्न भने क्यामेरा वर्क राजेन्द्र पान्डे गरेको छ । उक्त भिडियोलाई जोअक प्रोडक्सन, काठमाडौले उत्पादन गरेको हो ।

    यो गीत धेरै धेरै कोसिसपछि बल्ल अहिले मात्र रिकर्ड र भिजुयल सम्भव भएको गायक मुकेश भन्छन  भने यो गीत चल्ने कुरामा गायक ढुक्क छन । गीत सुन्दा पुरानो लागे पनि लोक पप मन पराउने श्रोताको आजका दिनमा पनि कुनै कमि नरहेको कुराको पुष्टि छोटो समयमा यु ट्युबमा यो गीतले पाएको भ्युले पुष्टि गर्दछ भने धेरै स्रोता दर्शकको राम्रो रेस्पोन्स रहेको गायक मुकेश शाहीले बताएका छन ।

    भिडिओ हेर्न यहाँ क्लिक गर्नुस

    https://youtu.be/CAm4iQ02Coc

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...