News Portal

  • ‘चोट के हो,ब्यथा के हो’भन्दै दु:ख बिर्साइदिने अरुण थापाको भक्तपुरमा स्मृति दिवस सम्पन्न

    भक्तपुर, ५ साउन
    १९३० पटक
    भक्तपुर, ५ साउन

    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो कुरा थाहाँ नहुन सक्छ, उनले गाएको ऋतुहरूमा तिमी… बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा समेत परेको थियो ।

    उनले जीवनमा बसन्त मात्र गाएका छैनन् ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ उनकै वास्तविक कहानी बनेर हामी माझ हरेक साउन ५ मा बिझाइरहन्छ र हामी सम्झिरहन्छौँ जादूमय स्वरका धनी अरुणलाई ।

    उनको गीत ‘चोट के हो, ब्यथा के हो’ ले व्यथालाई नै बिर्साइदिञ्छ र दुख भित्र सुख खोज्न थाल्छ मान्छे र उनले जति ‘भुलु भुलु लाग्यो मलाई’ भने पनि उनको याद झन् झन् ताजा बनेर आइदिन्छ ।

    थोरै गीत गाएर पनि धेरै माया पाएका गाएका हुन् अरुण थापा । उनका गीत नगुनगुनाउने संगीतका पारखी सायद कमै होलान् । कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइएका छन् ।

    अरुण थापाको स्मृति दिवस भक्तपुरका भव्यताका साथ् सम्पन्न गरिएको छ । शनिबार भक्तपुरमा उनको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतक समाज र विनाता कला प्रतिष्ठानले सूर्यविनायकमा सांगीतक श्रद्धाञ्जली कार्यक्रम गरी उनलाई सम्झिएको हो ।

    भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविन शाहीको अध्यक्षतामा भएको उक्त स्मृति सभामा अरुण थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले अरुण थापाको स्वरको जादू नै उनको जीवनको अमरत्वको कारक रहेको बताए । आफूले अरुणलाई स्वर्गीय भन्न नचाहने र यसको कारण उनको स्वर र उनले गाएका गीतहरुको अमृत जीवन नै रहेको संस्कृतिकर्मी कार्कीले बताएका थिए ।

    अरुण थापाका प्रिय गीतकार र अरुणलाई आफ्नो हृदयमा राखेका गीतकार सुवासचन्द्र ढुंगेलले व्यक्तिको कर्मको चर्चा हुनु पर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा जस्तो रहे पनि अरुण थापाले नेपाली संगीतमा लगाएको गुनको चर्चा जति नै गरे पनि अपूर्ण हुने र राज्यले उनको सम्मानमा अलि कति पनि पहल गर्न नसकेको तर्फ उनले संकेत गरेका थिए ।

    त्यसैगरी स्मृति सभामा अन्य अतिथिहरुमा पूर्व प्रधानसेनापती राजेन्द्र क्षेत्री, प्राज्ञ ध्रुब मधिकर्मी, बरिष्ठ गीतकार राजेन्द्र थापा, बरिष्ठ सङीतकार दीपक जङ्गम, वरिष्ठ गीतकार बिस्व बल्लभ, चर्चित सङीतकार राजु सिंह, साहित्यकार रमेशानन्द बैध्य, बरिष्ठ सङीतज्ञ रोशन कुमार राजभण्डारी, बरिष्ठ गीतकार शुबास चन्द्र ढुङेल, गीतकार तथा पुर्ब प्रशासक नारायण आचार्य, चलचित्रकर्मी तथा गीतकार प्रकाश सायमि, कबि मुरारी सिग्देल, नेपालका प्रथम रक गायक माइक खड्का, गीतकार भुषण खरेल, सुरुवाती नेपाली ब्याण्ड प्रीज्मका गिटारिष्ट अजय लामा, प्राध्यापक शिब मुनंकर्मि, गायक मुकेश शाही, गायक सत्य नारायण मानन्धर, गायक लक्ष्मण पलिखेल, गायक अजर जङगम, चलचित्र निर्देशक रबि सायमी, बरिष्ठ सङीतकर्मी गौतम श्रेष्ठ, कबि बसन्त नकर्मी लगायत सयौ सङ्गितप्रेमि , अरुण थापा र उनका गीतहरुका श्रोताहरु तथा अन्य ब्यक्त्तिहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्य बताउछन ।

    बद्री नारायण ताम्राकार, सानुमाया धौभडेल, अनिता आचार्य, रोशन धौभडेल, आयुस के.सि., उत्सब नेपाल, शम्भो चरण राजभण्डारि, पवन गिरि, रोहिम धौभडेल, एन्जेला श्रेष्ठ, सुनिल लोहला, सुमन रन्जितकार, रोजि श्रेष्ठ र कपिल कसपालले अरुण थापाका गीत गाएर सम्मान गरेका थिए भने समुह गायनमा सर्बश्री कसपाल,नबिन्द्र लाल कर्माचार्य,बिनय कोजु र गङ्गाराम रन्जितकारको साथ् रहेको थियो । त्यसैगरी बाध्यबादनमा बद्री नारायण ताम्राकार, खड्ग नेपालि, हरिओम श्रेष्ठ, सन्तोश ताम्राकार, सुरेन्द्र सुवाल्, सुरज कपालि, प्रदिप राइ, रोहिम धौभडेल, रशिल शाक्य लगायत बिनाता कला प्रतिष्ठानका अन्य कलाकारहरु सहभागी भएका संयोजक अल्बर्ट बज्राचार्यले जानकारी गराए ।

    उक्त अवसरमा अरुण थापा स्मृति पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गरिएको थियो भने नगद रु १५ हजार सहितको शुशिल चालिसे पुरस्कार बाल गायक आयुस के. सि.ले प्राप्त गरे । त्यसैगरी उक्त अवसरमा लोक गायक राजेश मान के. सि.को लोक गीत “सोरेकै को डाडैमा बसेर” गीतको श्रब्य दृश्यको सार्बजनिकसमेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...