News Portal

  • भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर, १७ कात्तिक
    १४३१ पटक
    भक्तपुर, १७ कात्तिक

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । आइतबार सहिदस्मृति खेलमैदानमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

    उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले खेलकुद गतिविधि भनेको शारीरिक र मानसिक कला प्रदर्शनी भएको बताउदै जनस्वास्थ्यमा यसको धेरै महत्व रहेको बताए ।

    अध्यक्ष बिजुक्छेँले विद्यार्थीले परीक्षाको समयमा चिट सारेर उत्तीर्ण हुनु र जालसाजी गरी खेल खेल्नु दुवै उत्तिकै गलत भएकोले यस्तो कार्यबाट पर रहनुपर्ने प्रष्ट पारे । खेल राम्रो स्वास्थ्यको लागि खेलिने र राम्रो स्वास्थ्य भए राम्रोसंग देश र समाजको हितमा लाग्न सकिने भन्दै देशप्रेमलाई विद्यार्थी वर्गले कहिल्यै भुल्न नहुनेमा उनले जोड दिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद क्षेत्रको भौतिक निर्माणमा जोड दिइएको जानकारी गराउदै खेलकुदलाई नगरपालिकाले महत्वका साथ् अघि बढाइरहेको बताए । उक्त अवसरमा प्रमुख प्रजापतिले सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान खेलकुद प्रयोजनको लागि सबैलाइ खुला गरिएकाे सार्वजनिक गरे ।

    कार्यक्रममा प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले देशमा अहिले शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकको आवश्यकता भएकोले नगरपालिकाको कदम तारिफयोग्य भएको भनेका थिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी,युवा तथा खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व लगायतले खेलकुदको क्षेत्रमा नगरपालिकाले गरेका कामबारे अवगत गराएका थिए ।

    कात्तिक २३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रम अघि भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरू भएको र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।

    उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्न्यास्टिक खेल लगायत खेल कौसल प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगरपालिका भित्रका ७२ विद्यालयको सहभागिता रहने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरपोस्टलाई बताए । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय गरी १४ खेलका लागि प्रतिस्पर्धा हुने बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...