News Portal

  • उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार भक्तपुरमा सम्पन्न

    भक्तपुर, ३० कात्तिक
    ११२७ पटक
    भक्तपुर, ३० कात्तिक

    उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो ।

    द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरद्वारा आयोजित उक्त प्रतियोगिता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

    शनिबार सहिद स्मृति खेल मैदानमा भएको सामापन कार्यक्रममा प्रमुख प्रजापतिले आत्मसुरक्षाको निम्ति मात्र नभई खेलाडीहरुले देशको सार्वभौमिकता रक्षाको लागि पनि लड्न सक्नुपर्ने आवश्यकता औल्याए । प्रमुख प्रजापतिले खेललाई मानव जीवनको अभिन्न अंगको रुपमा स्वीकार गरी नगरपालिकाले खेल र खेलाडीको विकासमा विविध गतिविधि गरिरहेको जानकारी गराएका थिए ।

    उक्त अवसरमा नेपाल तेक्वान्डो संघ प्रदेश नं. ३ का अध्यक्ष केशव पुरी,प्रमुख प्रायोजकको तर्फबाट लीलानाथ गौतम, कार्यक्रमका सभापति एवम् डोजो प्रमुख विश्वराम मुस्याख्व र समितिका कोषाध्यक्ष सुरेश ब्वेंजु लगायतले यस्ता प्रतियोगिताले राम्रा खेलाडीको उत्पादन र खेलको विकासमा सहयोग पुग्ने विस्वास व्यक्त गरेका थिए ।  उक्त कार्यक्रमको संचालन भने गायक एवं उद्घोषक कपिल कस्पालको रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...