News Portal

  • टिस्टा मागेका छैनौं: पत्रकार रिसाल

    भक्तपुर,१२ मङ्सिर
    १६०३ पटक
    भक्तपुर,१२ मङ्सिर

    भारतले सिमाना मिचेको विषयमा बोल्दै लेखन एवं वरिष्ठ पत्रकार भैरव रिसालले सरकार बलियो भएर देखाउनेपर्ने बताएका छन्।

    बुधबार मन्त्रालयमा गरेको छलफलमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विज्ञहरुसँग भारतको भूमि नमागेको उल्लेख गर्दै आफ्नो भूमि मिच्न नपाउने कुरा राख्न सक्नुपर्ने बताए।

    ‘हामीले नालापानी मागेका छैनौं, कालापानी दिन्‍नौँ भनेका हौँ’, पत्रकार रिसाल भन्छन् ‘टिस्टा मागेका छैनौं, इलाम नमिच भनेका हौँ ।’

    ‘अहिले राज्य कमजोर भयो कि भन्‍ने जनमानसमा परेको छ’, उनले थपे । रिसालका अनुसार सरकारले आवश्यक पहल तीव्रता दिन नसकेको हो कि भन्ने जनमानसको मनसाय भएको बताउंदै आगामी दिनहरुमा दरिलो भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    भारतीयले अतिक्रमण गरेका गुन्जी, नाभी र कुती गाउँ पनि नेपालकै रहेको उनले बताए। पत्रकार रिसालले २०१८ सालमा ती गाउँको जनगणना गरेको पनि बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...