News Portal

  • साँगाको प्रहरीसंग भक्तपुरको सैनिक पराजित

    भक्तपुर, ७ पुस
    ९०८ पटक
    भक्तपुर, ७ पुस

    नेपाल प्रहरी स्कुल साँगाद्वारा आयोजित २७ औ प्रहरी महानिरीक्षक फुटबल प्रतियोगिताको फाईनलमा भक्तपुरको सैनिक आवासीय महाविद्यालय पराजित भएको छ । फाइनलमा आयोजक प्रहरी स्कुलले सैनिकलाई पराजित गरेको हो ।

    सोमबार सम्पन्न फाईनल खेलमा सैनिक आवासिय महाविद्यालय भक्तपुरलाई शुन्यका विरुद्ध तीन गोल गर्दै नेपाल प्रहरी स्कुल ए टिमले जीत हासिल गर्न सफल भएको छ ।

    खेलको १४ मिनेटमै समिर वनले पहिलो गोल गर्दै प्रहरीलाई अग्रता दिलाएका थिए भने श्रीहन गँडेलले ५४ मिनेटमा दोश्रो गोल गरे । त्यसैगरी तेश्रो गोल ७६ औ मिनेटमा विमोजित राजबंशीले गरेपछि सैनिकले खेल गुमाउन पुग्यो ।

    विजयी टिमलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगद ३० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरेका थिए । उप विजेता सैनिक आवासिय महाविद्यालय भक्तपुरले नगद २० हजार प्राप्त गर्यो भने एसओएस बालग्राम बनेपाले १० हजार रुपैया सहित तृतीय पुरस्कार प्राप्त गरेको थियो ।

    उक्त अवसरमा म्यान अफ दि म्याच, फेयर प्ले, हाई स्कोर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...