News Portal

  • बली दिन लागिएकी एक नेपाली युवतीलाई बचाउन सफल भए प्रहरी

    भक्तपुर, ९ पुस
    ८६४ पटक
    भक्तपुर, ९ पुस

    भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छिन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ ।

    आफूलाई भारत लैजाँदै गरेको कुरामा युवतीले शुरुमै शंका लागेर प्रहरीको सहयोग लिएका कारण बली दिने योजना विफल बन्न पुगेको प्रहरीले जानकारी दिएको छ । तर, प्रहरीले घटनाका बारेमा भोलि बिहीबार मात्र पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने तयारी गरिरहेको छ ।

    प्रहरीले युवतीलाई बली दिन भारत लैजाने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र पाँच जना पुरूष रहेको परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन् । उनले अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

    बलीका लागि यसरी खोजियो युवती भारतमा बली दिने युवती खोजीका लागि अनौठो शैली अपनाइएको पाइएको छ । जसका लागि केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी गरियो । काठमाडौंमा एक महिलाले त्यसको संयोजन गरिन् ।

    राजधानीको एक फेसन डिजाइन हाउसले ती महिलाले खोजेअनुसारकी युवती उपलब्ध गराउने जिम्मा लिएको थियो । जसमा युवतीको उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भनिएको थियो । डिजाइन हाउसले सोही मापदण्ड अनुसार युवतीको खोजी थाल्यो । खोजी गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् ।

    काठमाडौंमा उनको शरीरको नाप लिइयो । शुरुमा काठमाडौंमै कार्यक्रमका लागि भन्दै युवतीलाई तयार गरिए पनि केही दिनपछि विराटनगरमा कार्यक्रम गर्ने भनियो । त्यसपछि नै ती युवतीले शंका लागेर आफूहरुलाई खबर गरेको प्रहरी स्रोतले जनाएको छ । युवतीको प्रारम्भिक शंकाका आधारमा प्रहरीले सुक्ष्म उनीहरुमाथि निगरानी र अनुसन्धान अगाडि बढायो ।

    घटना अनुसन्धानका क्रममा कतिपय स्थानमा प्रहरी युवतीसँगै सादा पोशाकका आफन्त बनेर शंकास्पद व्यक्तिसम्म पुगेको स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘युवती मोडल समेत भएकाले अनुसन्धानमा केहि सजिलो भयो ।’ उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने जनाइएको थियो । आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए ।

    विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगिएको उच्च प्रहरी स्रोत बताउँछ । त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र लगाउन लगाइयो । उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बली चढाउने योजना रहेको बढी आशंका छ ।

    विराटनगर पुर्‍याइएकी युवतीलाई राखिएको कोठामा अर्की एक महिला पनि रहेको प्रहरी स्रोतले जनाएको छ । जो ती युवतीसँगै काठमाडौंबाट गएकी थिइन् । एक अधिकारीका अनुसार ती युवतीलाई विराटनगरबाट भारतमा रहेका एकजना धार्मिक बाबाको आश्रममा पुर्‍याउने योजना रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौं र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको हो । जसमा श्रीमान–श्रीमती समेत रहेको स्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...