News Portal

  • निजी घर तथा अपार्टमेन्टहरु भाडामा लिई मानव तस्कर व्यवसाय सञ्चालन

    भक्तपुर, १५ पुस
    ११५० पटक
    भक्तपुर, १५ पुस

    मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ ।

    मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो । ‘भारतका विभिन्न कोठीहरुमा यौन शोषणका लागि नेपाली किशोरीहरुको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्टहरु समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालहरुले अपनाउन थालेका छन्’ माइती नेपालको विज्ञप्तिमा भनिएको छ ।

    मानव तस्करहरुले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपालले बताएका छन् । ‘आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षण, सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरुपयोग गरी मानव दलालहरुले आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएका छन्’ विज्ञप्तिमा भनिएको छ ।

    माइती नेपालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २२४ सय ८५ जनाको उद्धार गरेको जनाएको छ । बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको अध्यक्ष विश्वराम खड्काले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...