News Portal

  • अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव इराकको संसदद्वारा पारित

    भक्तपुरपोष्ट संवाददाता२१ पुस
    १२८० पटक
    २१ पुस

    एजेन्सी । इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ। इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको हो । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि जवाफमा इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।

    इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले त्यहाँका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए।

    इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन्।

    त्यहाँ दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...