News Portal

  • परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

    भक्तपुरपोष्ट संवाददाता२१ पुस
    ७२४ पटक
    २१ पुस

    एजेन्सी । इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ।

    अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो भनाइ आएको हो।

    बीबीसीका अनुसार वक्तव्यमार्फत इरानले अब आफूले परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमा नमान्ने घोषणा गरेको हो।

    तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपछि यस्तो घोषणा गरिएको हो।

    सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रम सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो।तेहरानका अनुसार अब इरानले सम्झौताअनुसार युरेनियम भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्रा मान्ने छैन।

    गत शुक्रबार अमेरिकाले हवाई आक्रमण गरी इरानका निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानीको हत्या गरेपछि अमेरिका र इरानबीच तनाव बढेको छ। दुई देशबीच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको  छ।

    बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको उक्त दूतावासलाई लक्षित गर्दै चार पटक ‘अप्रत्यक्ष प्रहार’ गरिएको एउटा समाचार स्रोतले बीबीसीलाई बताएको छ। त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन।

    इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिवार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविहरूबाट आइतवार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो।

    इरानमा भने जेनेरल कासीम सुलेमानीप्रति सम्मान व्यक्त गर्न सयौँ हजार इरानीहरू बाहिर निस्केका छन्।सुलेमानीको तस्बिर बोकेका शोकाकुलहरूको मानव समुद्रले दक्षिण-पश्चिमी सहर अहवाजमा उनीप्रति अन्तिम श्रद्धा व्यक्त गरेको छ।त्यहाँबाट उनको पार्थिव शरीरलाई मसहद लगिएको छ। सुलेमानीको अन्त्येष्टि मङ्गलवार उनको गृहनगर कैर्मानमा गर्ने योजना बनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...