News Portal

  • जेएनयूमा मुकुण्डोधारीहरुको आक्रमण: विद्यार्थी संघकी अध्यक्षसमेत दर्जनाैँ घाइते

    भक्तपुर, २१ पुस
    १००० पटक
    भक्तपुर, २१ पुस

    एजेन्सी । आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् ।

    रुमालले अनुहार छोपेर विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारी अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी) र राष्ट्रिय स्वयम सेवक संघ(आरएसएस) का कार्यकर्ता भएको जेएनयू विद्यार्थी संगठनले आरोप लगाएको छ। झण्डै ५० जनाको समूहमा क्याम्पस परिसरमा छिरेको नकाबधारीको समूहले विभिन्न होस्टेलभित्रै गएर विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको थियो।

    उनीहरुले फलामका रड, बेल्चा, लट्ठीलगायतका घरेलु हतियारले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेका थिए। क्याम्पस परिसरमा पस्नेबित्तिकै उनीहरुले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

    जेएनयूमा विभिन्न विचारधाराका विद्यार्थी संगठन रहे पनि यस्तो घटना भने पहिलो पटक भएको बताइएको छ। वैचारिक बहस भए पनि क्याम्पस परिसरमा विद्यार्थी र शिक्षकमाथि यसअघि भौतिक आक्रमण कहिल्यै नभएको जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव बताउँछन्।

    त्यहाँको विद्यार्थी युनियनले सो संगठनका अध्यक्ष आयसे घोससहित कैयौं गम्भिर घाइते भएको जनाएको छ।

    युनियनले भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संघ एबीभीपी आवद्ध व्यक्तिहरु मुकुण्डो लगाएर, लाठी लगायतले आक्रमण गरेको आरोप लगाएको छ। उनीहरुले कुटपीट र त्यहाँ रहेका कार, भवन लगायतमा तोडभोड समेत गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    विद्यार्थीहरुले सरकारले आक्रमणकारीलाई संरक्षण गरेको आरोप लगाएका छन्।

    आक्रमणमा परि रक्ताम्मे भएकी घोसलाई देखाइएको भिडियो सामाजिक सञ्जालमा रातिसम्म भाइरल भइसकेको थियो।

    राती अबेरसम्म पनि अवस्था शान्त नभएपछि दिल्ली ट्राफिक पुलिसले ट्राफिक एलर्ट जारी गर्दै विकास मार्गमा प्रदर्शन जारी रहेकाले सो मार्गमा आवागमन बन्द गरिएको र अरु बाटो रोज्न आग्रह गर्दै ट्विटरमा सूचना जारी गरेको थियो।

    अवस्था मध्यरातसम्म शान्त भएको थिएन।

    मध्यरातसम्म जेएनयूको मुख्य गेटबाहिर सयौँ विद्यार्थीले आक्रमणकारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए। प्रहरी र क्याम्पस प्रशासनको मिलेमतोमा एबीभीपी कार्यकर्ताले आक्रमण गरेको विद्यार्थीले आरोप लगाएका छन्। प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। तर उनीहरु को हुन् भन्नेबारेमा भने केही जानकारी दिएको छैन। जेएनयूमा भएको आक्रमणको विरोधमा मुम्बईमा पनि मध्यरातमा विद्यार्थीहरु गेटवे अफ इन्डियामा आएर विरोध प्रदर्शनमा उत्रिएका थिए।

    एम्स अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ। आइतबार राति नै घाइतेहरुलाई भेट्न कांग्रेस महासचिव प्रियंका गान्धी, बीजेपी नेता मिनाक्षी लेखी, विजय गोयललगायतका विभिन्न दलका नेताहरु अस्पताल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...