News Portal

  • सन्तोष साहुखल फुटबल लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

    भक्तपुरपोष्ट संवाददाता२३ पुस
    १५९० पटक
    २३ पुस

    काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएका छन् ।२०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन लिगमा संकटाविरुद्ध पहिलो गोल गरेका थिए ।

    नेपालका सफल खेलाडी सन्तोषले २०६० देखि लिग खेल्ने थालेका हुन्। थ्रीस्टारबाट लिग फुटबलमा डेब्यु गरेका सन्तोषले थ्रीस्टारसँगै मनाङ, एपीएफ र च्यासलबाट लिग खेलेका छन् । यसपटक पाँच खेलका पाँचै गोल गरेका सन्तोष अघिल्ला दुई खेलमा भने गोल गर्नबाट चुकेका थिए। ३४ वर्षीय सन्तोषलाई सय गोल पूरा गर्न लामो समय पर्खनु पर्‍यो।

    नेपाली फुटबलमा चरम विवाद र भूकम्पले दशरथ रंगशालामा पुगेको क्षतिका कारण लिग फुटबलले निन्तरता पाएको थिएन। भूकम्पपछि चार वर्ष ठप्प भएको लिग गत वर्षदेखि सुरु भएको हो । लिग रोकिएपछि चार वर्षअघि वैदेशिक रोजगारीका लागि जापान गएका सन्तोषले गत वर्ष च्यासलबाट लिग खेलेका थिए। गत वर्ष पनि लिगका खेल लगातार नहुँदा उनी तीन खेल खेलेर जापान फर्किए । यसपटक ढुक्कसँग लिग खेल्न आएका उनले सय गोल पूरा गर्दा खुसी लागेको बताए ।

    ‘मेहनत र खेलप्रतिको लगावका कारण यो सम्भव भएको हो। मैले आफूलाई सधैं फिट राख्ने प्रयास गरेँ। तर, सय गोल पूरा गर्छु भनेर फुटबलमा लागेको थिइनँ,’ सन्तोषले भने । उनले राष्ट्रिय टोलीमा बोलाएमा आफु खेल्न तयार रहेको पनि बताए ।

    नेपाल पुलिस क्लब बिरुद्ध साहुखलले आफ्नो १०० गोल पूरा गरेका हुन्। त्यो खेलको १८ औं मिनेटको समय थियो । च्यासल एक गोलले खेलमा पछि परिसकेको थियो । त्यतिबेला डि बक्समा अनमार्क रहेका साहुखलले हेमन्त श्रेष्ठले प्रहार गरेको फ्रि किकमा ‘वान टच’ प्रहार गर्दै बललाई पोष्टको दिशा देखाए । डेढ दशकको लिग यात्रामा त्यो उनको सयौं गोल संख्या बन्यो ।

    उनी त्यतिमा रोकिएनन्। दोस्रो हाफमा च्यासल २-१ ले फेरी खेलमा पछि पर्‍यो । तर ४९ औं मिनेटमा फेरी उनले एक जना विपक्षीलाई छक्याउंदै ब्यक्तिगत दोस्रो गोल गरेर खेल बराबरीमा ल्याए। वर्षाका कारण भिजेको बुधवारको र‌ंगशालाको चिसो मौसम साहुखलकै नाममा रह्यो । दुई गोल गरेसंगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ता (५ गोल )को सूचीमा अग्रस्थानमा पुगेको छ । उनी खेलका म्यान अफ द म्याच पनि भए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...