News Portal

  • ‘एमसीसी राष्ट्रघाती छ, खारेज गर्नुपर्छ’

    २८ पुस
    १२८९ पटक
    २८ पुस

    काठमाडौँ । सरोकारवालाहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यसहित अमेरिकाले एमसीसी अगाडि सारेको जनाएका छन् ।

    राष्ट्रिय जागर मंचले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमी बन्ने खतरा रहेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए । उनले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको जानकारी दिए । एमसीसी विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलको भनाई छ ।

    सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले आपत्ति जनाए । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए ।

    एक अर्को प्रसंगमा बोल्दै पोखरेलले एमसीसीसँग गरिएको सम्झौताअनुसार विद्युत निर्यात गरेर देश समृद्ध नहुने दाबी समेत गरे । ‘विद्युत कच्चा पदार्थ हो, कच्चा पदार्थ निर्यत गर्ने कुनैपनि मुलुक समृद्ध भएका छैनन् । विद्युत निर्यत होइन देशमै खपत गर्नुपर्छ’ पोखरेलले भने । उनले एमसीसीबारे आफ्नो पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै अहिलेकै अवस्थामा कदापी पास हुन नदिने जनाकारी दिए ।

    नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भएर लागु भए नेपालको स्वाधिनता समाप्त हुने बताए । उनले चीन विरुद्ध नेपालीभूमी प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताए ।

    एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएपनि राष्ट्रघाती भएको बताउँदै खारेज हुनुपर्ने बताए । त्यसविरुद्ध आफ्नो पार्टी सडक संघर्षमा रहेको समेत बताए ।

    कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमीलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता भएको ढकालले बताए । उनले सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडकमा आउने बेला आएको बताए ।

    कार्यक्रममा बरिष्ठ अधिबक्ता स्वागत नेपालले एमसीसीलाई नेपालको कानुनभन्दा माथि राखिएको बताउँदै देश र जनताको हितविरुद्धमा भएको बताए । उनले एमसीसी राष्ट्रघाती भएपनि संसदलाई पारित गर्ने तयारी भइरहेको भन्दै त्यसविरुद्ध जनता प्रतिरोध गर्नुपर्ने बताए । जनअधिकार मंचका उपाध्यक्ष देवबहादुर पौडेललगायत एमसीसी राष्ट्रहित विपरित भएको बताउँदै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।

    कार्यक्रममा मंचका संयोजक गुणराज लोहनीले पावर पोइन्टमार्फत एमसीसीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...