News Portal

  • मोदीसंग एउटै स्कूटरमा बसेर पार्टी काम गर्ने नड्डा भए भाजपाको ११औं अध्यक्ष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ माघ २०७६
    ८२६ पटक
    भक्तपुर, ६ माघ २०७६

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टी( भाजपा ) ले नयाँ पार्टी अध्यक्ष पाएको छ । नेता जगत प्रकाश नड्डा सोमवार सर्वासम्मतरुपले भाजपाको राष्ट्रीय अध्यक्ष निर्वाचित भएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेद्र मोदी, केंद्रीय मंत्री राजनाथ सिंह, नितिन गडकरी लगायतले अध्यक्ष पदको लागि नड्डाको नाम प्रस्ताव गरेका थिए । दिउसो राष्ट्रीय चुनाव अधिकारी चुनिएका राधामोहन सिंहले एक भव्य समारोहमा नड्डा अध्यक्ष निर्वाचित भएको घोषणा गरेको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । नड्डाले अध्यक्ष भएपछी पार्टीका वरिष्ठतम नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीको गोडा छोएर आशीर्वाद लिएका बताइएको छ ।

    उनी विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहेका थिए । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बनेका छन् । उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत भएका थिए ।

    ५९ वर्षीय नड्डा लाई मोदी सरकारले आफ्नो दोश्रो कार्यकालको मंत्रिमंडलमा नराखेपछि नै उनी कार्यकारी अध्यक्ष बन्ने अड्कलबाजी गरिएको थियो । उनी प्रधानमन्त्री रहेका भाजपाका नेता नरेन्द्र मोदी संग नजिकको सम्बन्धमा रहेका नेता हुन् ।नब्बेको दशकमाा मोदी हिमाचल प्रदेशको प्रभारी हुँदा नड्डा राज्य सरकारमा मंत्री थिए । नड्डा अध्यक्ष घोषित भएपछी पीएम मोदीले भने कि नड्डा र उनी साथ्साथ स्कूटरमा बसेर पार्टीको काम गर्ने गर्दथे ।

    अध्यक्ष घोषित भएपछी नड्डाले पार्टीलाई घर-घरमा पुर्याउने उद्घोष गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...