प्योङयाङ । उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन गन नियुक्त भएका छन् । उनले यसअघि अमेरिकासँगको उत्तर कोरियाली वार्ताका क्रममा पनि संवाद गरेका थिए । तर, उक्त संवादले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धको समस्यालाई समाधान गर्न भने सकेन ।
उनी विदेश मन्त्रीमा नियुक्त भएको शुक्रबार मात्रै सार्वजनिक गरिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
उनले दक्षिण कोरियासँगको संवाद र विगत १५ वर्षदेखि कोरियन पेनिन्सुलाका आन्तरिक वार्ताहरुमा पनि उनले पटक-पटक भेट गरेका छन् ।