News Portal

  • चर्चित वामपन्थी युवानेता कन्हैयाकुमार गिरफ्तार

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    १७६६ पटक
    १६ माघ २०७६

    एजेन्सी ।  भारतीय चर्चित   वामपन्थी युवानेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ।

    कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको गान्धी मैदानमा सभा गर्ने तयारी गरेका थिए। तर, प्रशासनले कानुनी व्यवस्था र सरस्वती पूजालाई ध्यानमा राखी सभा गर्नका लागि अनुमति दिएको थिएन।

    सभा गर्नका लागि अनुमति नपाएपछि कन्हैया गान्धी आश्रम बाहिर धर्नामा बसेका थिए। प्रहरीले उनलाई धर्नास्थलबाटै कन्हैयालाई गिरफ्तार गरेको थियो।सभा गर्न नदिएको भन्दै कन्हैयाका कार्यकर्ताहरू आक्रोशित बनेका छन्। उनीहरुले गान्धी आश्रमको बाहिर प्रदर्शन समेत सुरु गरेका छन्। प्रदर्शनपछि सो क्षेत्र तनावग्रस्त बनेको र अवस्थालाई ध्यानमा राख्दै सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

    कन्हैयाले आफूले बिहीबार प्रदर्शन गर्ने पूर्वसूचना प्रशासनलाई दिए पनि पहिले नरा्केर कार्यक्रमको तयारी भएपछि रोेकिएको भन्दै आपत्ति जनाए।‘गान्धीजीलाई दण्डवत्‌ गर्दै गरिब विरोधी सीएए–एनआरसी–एनपीआरको विरोध गर्न आज बापू धाम (चम्पारण) मा एक महिना लामो जन–गण यात्रा यात्रा शुरू हुने भएको थियो’, सामाजिक सञ्जाल ट्विटरमा कन्हैयाले लेखेका छन्, ‘यस यात्रामा भाग लिनका लागि समाजका सबै वर्गका मानिसहरु उपस्थित थिए। तर, प्रशासनले हामी सबैलाई हिरासतमा लिएको छ।’

    दिउँसो १ बजेबाट विरोध प्रदर्शन सुरु हुने भनिए पनि सो क्षेत्रमा बिहानैदेखि सयौँको संख्यामा कन्हैयाका समर्थकहरु उपस्थित थिए। यस अघि कन्हैया गान्धी आश्रममा पुगेर महात्मा गान्धीको मूर्तिलाई फूल माला चढाएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...