News Portal

  • दक्षिण भारती सुपरस्टार विजयको घरमा विभागको छापा

    भक्तपुरपोष्ट संवाददाता२३ माघ २०७६
    ११९३ पटक
    २३ माघ २०७६

    एजेन्सी ।  दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर विभागको छापापछि सुटिङ बीचैमा रोकेर घर फर्किएका छन्।

    भारतीय समाचार एजेन्सी एएनआइले अभिनेता विजय र अर्का एक निर्माता र लगानीकर्ताको मदुरै र चेन्नईमा रहेका कार्यालय र घरमा विभागले छापा मारेको र जनाएको छ। विभागले अहिलेसम्म विभागले ६५ करोड जफत गरेको जनाएको छ।

    आयकर विभागका स्रोतका अनुसार– ‘बिजिल’ फिल्मका लगानीकर्ता अनबेचेजियनको घरबाट ६५ करोड रूपैयाँ जफत गरिएको छ। मिडिया रिपोर्टका अनुसार एजीएस सिनेमामा कर चोरी गरेकोमा शंका छ। उनले विजयको अघिल्लो सुपरहिट फिल्म ‘बिजिल’को निर्माण गरेका थिए। यो फिल्म एक सुपर हिट भएको थियो। फिल्मले ३०० करोड भन्दा बढीको व्यापार गरेको थियो। सामाजिक सञ्जालमा विजयका फ्यानहरूले भनेका छन् कि उनी चाँडै ‘मिस्टर क्लिन’का रुपमा फर्किनेछन्। यसका साथै विजयले ‘बिजिल’ फिल्मका लागि धेरै रकम लिएको समेत चर्चा सुरु भएको छ।

    आयकर विभागको छापाका सम्बन्धमा विजयले पनि एक विज्ञप्ति जारी गरेका छन्। ‘आयकर विभागले मेरो घर र कार्यालयमा कर छलीका सम्बन्धमा छापा मारेको छ। मेरा स्टाफ र परिवारको पूर्ण समर्थन छ। आयकर रिटर्नसँग जोडिएका सबै प्रमाण अधिकारीसमक्ष पेस गरिएको छ। ’

    खबरअनुसार ‘बिगिल’ तमिल सिनेमाको सबैभन्दा हिट फिल्म मध्ये एक हो। यसको निर्देशन एटलीले गरेका हुन्। १८० करोड लगानीमा बनेको यस फिल्ममा नयनतारा, ज्याकी श्रफ, योगी बाबुको पनि महत्वपूर्ण भूमिका रहेको छ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...