News Portal

  • ए डिभिजन लिगमा आज ३ खेल हुँदै

    भक्तपुरपोष्ट संवाददाता२ फागुन २०७६
    ७४० पटक
    २ फागुन २०७६

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् ।

    त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट बाहिरिसकेको छ। १२ खेलबाट २५ अंकसहित मनाङ तेस्रो स्थानमा छ। मनाङलाई पछ्याइरहेको ललितपुरको थ्री स्टार क्लब २३ अंकसहित चौथो स्थानमा छ। यी दुई क्लबबीद्बको खेल त बाँकी छैन तर दुवै टिम तेस्रो हुने होडमा छन् ।

    लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन् । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे शुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ । एनआरटी लिगको पाँचौ जीतको खोजीमा हुनेछ । शेर्पा तेस्रो जीत निकाल्न चाहन्छ ।

    दोस्रो खेल मध्यान १२ बजे शुरु हुनेछ । च्यासलविरुद्ध जीत निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जीतले मात्रै पुग्दैन ।तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजीत हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जीत र जावलाखेलसँग मनाङले हारको समीकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

    आज च्यासल पाँचौ जीतको खोजीमा हुनेछ । च्यासलले आफ्ना तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने थ्री स्टारले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।यस्तै तेस्रो खेलमा जावलाखेल र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा शुरु हुनेछ ।

    जावलाखेल र मनाङ दुबैले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । मनाङ भने आज तेस्रो स्थानको लागि भिड्दैछ । तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्न मनाङलाई जीतको विकल्प छैन ।दिनको दोस्रो खेलमा थ्री स्टारले जीत निकाले मनाङलाई जीत्नैपर्ने दबाब छ । थ्री स्टारको बराबरी तथा हारले मनाङलाई स्वत फाईदा पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...