काठमाडौं । इंग्लिस क्लव म्यान्चेष्टर सिटीले २ बर्ष युरोपियन क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ ।युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो । यस्तै प्रिमियर लिगको गत बर्षको विजेतालाई ३० मिलियन युरो जरिवाना समेत गरिएको छ ।
सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएकाले युईएफएले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो ।