News Portal

  • अफगानिस्तानको राजधानी काबुलमा भीडमा गोली प्रहार : ३१ जनाको मृत्यु

    भक्तपुर, २३ फागुन
    १२६२ पटक
    भक्तपुर, २३ फागुन

    अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

    घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो । ‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ‘, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने ।

    स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए ।

    सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान ११ः२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् ।

    घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिह्का छन् । आक्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको संकट व्यवस्थापन एकाइ ९सीआरयु० का प्रहरीहरुले लगातार प्रतिआक्रमण गरेका थिए ।

    कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए । कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइलगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।

    जिहादी नेता अब्दुल अली–मजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आक्रमणको घटना भएको हो । आक्रमणका बारेमा यो समाचार तयार पार्दासम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

    अफगानिस्तामा गत सन् २०१९ मा मात्रै युद्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मारिएका छन् भने अरु छ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसंघको अपगानिस्तानस्तित नियोगले जनाएको छ । रासस/सिन्हवा

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...