News Portal

  • १५ अप्रिलसम्म भारतमा यात्रा प्रतिबन्ध, प्रवेश गरे १४ दिन सम्म निगरानीमा बस्नुपर्ने

    भक्तपुरपोष्ट संवाददाता२९ फागुन २०७६
    ९५५ पटक
    २९ फागुन २०७६

    एजेन्सी। भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

    तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ ।तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ ।

    ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

    कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोभिड–१९ को प्रकोप रोक्ने विषयमा विभिन्न स्वास्थ्यमन्त्रीसहितका अन्य मन्त्रीहरुको बीचमा बुधबार साँझ भएको छलफल भएको थियो । सो छलफलपछि भारतले कोरोना भाइरस कोभिड–१९ को महामारीबाट बच्न समग्र विश्वबाट क्वारेन्टाइनमा बस्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । विश्वका १०० भन्दा धेरै मुलुकमा यो भाइरस फैलिएको कारण यो भाइरसबाट बच्न भारतलाई आइसोलेशनमा राख्नु जरुरी देखिएको बताइएको छ ।

    यो निर्णयसँगै भारतमा फेब्रुअरी १५ पछि आउने सबै मानिसहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । भारतमा भाइरसको नयाँ संक्रमितको संख्या बढेसँगै त्यसलाई नियन्त्रणमा राख्न भारतले आफ्ना प्रयास शुरु गरेको हो । यसअघि नै भारतलाई यो भाइरसको जोखिममा रहेको मुलुक बताइएको थियो ।भारतले अहिले गरिएको निर्णयको उद्देश्य भारतमा आउनसक्ने कुनै पनि भाइरस रोक्नु रहेको बताएको छ । बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ । जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन् । उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ । यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...