News Portal

  • निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई ७ वर्षपछि फाँसी

    भक्तपुरपोष्ट संवाददाता७ चैत २०७६
    ७११ पटक
    ७ चैत २०७६

    काठमाडौं । ७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फाँसी दिइएको छ । दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फाँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो । फाँसीपछि चारै जनाको शवलाई पोस्टमार्टमका लागि एक सरकारी अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि उनीहरुको शव परिवारका सदस्यलाई जिम्मा लगाइने छ।

    घटना भएको ७ वर्षपछि उनीहरुलाई फाँसी दिइएको हो । १६ डिसेम्बर २०१२ मा राति निर्भयालाई ६ जनाले सामूहिक बलात्कार गरेका थिए । कुटपिटसँगै बलात्कारु गरी यौनांगमा रड घुसारी विभत्स अवस्थामा सडकमा फालिएको अवस्थामा निर्भया फेला परेकी थिइन् । केहीदिनपछि उपचारका क्रममा सिंगापुरमा उनको मृत्यु भएको थियो। फाँसी पाएका बाहेक एक दोषी राम सिंहले तिहाड जेलमै आत्महत्या गरेका थिए । एक दोषी नाबालक भएकाले उनलाई तीन वर्ष सुधार गृहमा पठाइएको थियो ।

    २३ वर्षीया निर्भया एक कल सेन्टरमा काम गर्दै फिजियोथेपापी अध्ययन गरिरहेकी थिइन् । त्यस रात उनी सिनेमा हेरेर फर्कने क्रममा थिइन् । फर्कनका लागि सवारी खोजिरहेका बेला उनलाई बसमा लगि कुटपिटकासाथै बलात्कार गरिएको थियो ।

    यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।

    निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो । निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ । राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । अदालतले दोषी ठहर गरेका मध्ये एक जनालाई अपराध भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।

    ६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो । यो घट्नापछि महिला हिंसाविरुद्धको कानूनको समिक्षा गर्न व्यापक दबाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरेको थियो ।

    २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेका थिए । फाँसी नदिन अभियुक्तले गरेको अन्तिम अपिललाई अदालतले खारेज गरेसँगै मृत्युदण्ड दिइएको हो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...