News Portal

  • विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १० चैत
    २३२६ पटक
    भक्तपुर, १० चैत

    फाइल फोटो

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।

    सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा संचालन कार्यदल २०७६ को बैठकले यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको हो ।

    ”विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रालगायतका अन्य जात्राहरुसमेत औपचारिक पूजाआजामा सीमित गर्न सम्बन्धित सबै पक्ष र सर्वसाधारण जनतामा आग्रह गर्ने निर्णय गरिएको छ ।” नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले भनिन् ।

    कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन बिस्केट जात्रालाई कसरी निरन्तरता दिने भन्ने विषयमा निर्णय गर्न सरोकारवालाहरुले एक कार्यदललाई जिम्मा दिएका थिए ।

    मेयर सुनिल प्रजापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थानको कार्यालय भक्तपुरका प्रमुख लगायतको सहभागिता रहने गरी १० सदस्यीय कार्यदल चैत छ गते गठन भएको थियो ।

    सोही कार्यदलको आज सोमबार बसेको बैठकले विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय गरेको हो । यस अघि चैत ४ देखि ८ गते सम्मका लागि तय भएको भक्तपुर महोत्सव कोरोनाकै कारण स्थगित गरिएको थियो ।

    निर्णयको पूर्ण विवरण :
    विस्केटजात्रा भक्तपुरवासीहरुको महत्वपूर्ण पर्व हो । हरेक वर्ष चैत्रको अन्तिम साता शुरु भई नयाँ वर्षसँगै बैशाख महिनाको पहिलो हप्तासम्म चल्ने यो जात्रा आवलोकन गर्न देशी विदेशी हजारौं नागरिकहरु भक्तपुर आउने गर्छन् । संचार जगतको विकासले विस्केट जात्रा संसारका कुना काप्चाबाट प्रत्यक्ष हेर्न सक्ने भएको छ । यस्तो महत्वपूर्ण जात्रा नजिकिंदै छ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा संचालन गर्न नगरपालिका, जिल्ला प्रशासन, गुठी संस्थान, जात्रा व्यवस्थापन समिति सबै आ– आफ्नो तर्फबाट तयारीमा रहँदै आएका छौं ।

    विश्व स्वास्थ्य संगठनले पुस १५ गतेपछि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) बाट चैत्र ९ गतेसम्म १७७ भन्दा बढी देशमा फैलिएको, १४००० बढीको मृत्यु भएको, २ लाखभन्दा बढी संक्रमित भएको उल्लेख गर्दै नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको हुँदा समयमै सजगता अपनाउन आग्रह गरेको छ ।

    नेपाल सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न चैत्र ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाइ सेवा बन्द, चैत्र १० गतेदेखि लामो दूरीका यातायात बन्द गर्ने, अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । विद्यालय, कलेज, विश्वविद्यालयहरुका पठन पाठन बन्द गरी २५ जना भन्दा बढी भिडभाड जम्मा नगर्न समेत प्रधानमन्त्रीज्यूबाट घोषणा भएको अवस्थामा कोरोनाबाट सबै नागरिक अत्यन्त त्रसित र सशंकित छन् ।

    यस्तो विशेष परिस्थितिमा सबै नागरिकले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु अनिवार्य छ । कोरोनाको संक्रमण भएमा अत्यन्तै भयावह स्थिति आउन सक्ने सम्भावनालाई ध्यानमा राखी यस विस्केट जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरु सम्मिलित आजको बैठकले परम्परादेखि चलि आएको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित राखी जात्रा सम्पन्न गर्न सबैमा अनुरोध गर्ने निर्णय गरियो । यसका साथै विस्केट जात्राको समयावधिमा विभिन्न टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रा लगायत सम्पूर्ण जात्राहरु समेत औपचारिक पूजाआजामा मात्र सीमिति गर्न सम्बन्धित सबै सरोकारवाला पक्ष र जनताहरुमा आग्रह गर्ने निर्णय गरियो ।

    यो पनि

    कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...