News Portal

  • कोरोना भाइरसका कारण विश्वभर ५६ लाख ७८ हजार संक्रमित, ३ लाख ५१ हजारको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१४ जेष्ठ २०७७
    १०३८ पटक
    १४ जेष्ठ २०७७

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।

    यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६३८ पुगेको छ ।विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४०० जना संक्रमण मुक्त भएका छन् ।

    २९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ ।वुधबार बिहान ५स्३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ ।

    १९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा २८ हजार २२० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४०० जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...