News Portal

  • प्रधानमन्त्री ओलीकाे नयाँ खुलासा : भगवान राम भारतमा नभई नेपालमै जन्मिएका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असार
    ३२४३ पटक
    भक्तपुर, २९ असार

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन् । भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेर नक्कली अयोध्या खडा गरेको उनको दावी छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसर पारेर आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । “हामीले सीतालाई अयोध्याका राजकुमारलाई दिएका हौं, जुन वीरगञ्जभन्दा अलि पश्चिमपट्टि अवस्थित थियो” प्रधानमन्त्री ओलीले भने ।

    राजा दशरथले सन्तान नभएपछि पुत्रेष्टी यज्ञकालागि रिडीबाट पण्डित ल्याएको तथ्यले पनि अयोध्या नेपालमै भएको पुष्टि हुने उनको तर्क छ । ”रिडी यहि छ, बाल्मिकी आश्रम यहि छ अनि अयोध्या भारतमा कसरी हुन्छ ?’ उनले भने ।

    अहिलेको अयोध्या निकै टाढा रहेको र त्यो समयमा जनकपुरसम्म आएर विवाह गर्नु सम्भव नरहेको भन्दै उनले अयोध्या भारतको नभएको र राम पनि भारतीय नरहेको जिकिर गरे । भौतिक पूर्वाधार र सञ्चारको सुविधा नभएको त्यो युगमा भारतको अयोध्याबाट विवाह गर्न राम जनकपुर आएको अपत्यारिलो तथ्य भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरी नक्कली अयोध्या खडा गरेको र रामलाई आफ्नो भनेको अभिव्यक्ति दिए ।

    हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको भन्दै प्रधानमन्त्री ओलीले जनकपुर ज्ञान केन्द्र रहेको, नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम भएको, कोशी तटमा कौशिकी ऋषि रहेका, आयुर्वेदका प्रणेता धन्वन्तरी र चरक यहींका भएका भन्ने तथ्यले नेपाल ज्ञानभूमि, तपोभूमि भएको भन्ने बुझिने बताए ।हिमवत्खण्डमै रामको जन्म भएको र भारतमा अयोध्याबारे धेरै बिबाद रहेको कारण पनि भगवान राम नेपाली भएको उनको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...