News Portal

  • सिद्धार्थ डेभलपमेण्ट बैंकका पूर्व संचालक सिलवाल सिद्धपोखरीमा समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ साउन
    १३९४ पटक
    भक्तपुर, ५ साउन

    भक्तपुरमै लिकीछुपी रहेका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । सूर्यविनायककाे बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

    भक्तपुर १ स्थित सिद्धपोखरीबाट आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी दुईवटा मुद्दामा उनी दोषी करार भएका थिए । उनी उक्त बैंकका तत्कालीन संचालक समेत रहेका बेला बैंकिङ कसुर गरेको प्रमाणित भएपछी उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी जफत र २ वर्ष कैद हुने फैसला गरेको थियो ।

    यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनले सिलवाललाई ३ वर्ष कैद र १ करोड जरिवाना फैसला सुनाएको थियो । दुबै मुद्दामा दोषी करार भएका उनी फरार रहेका थिए ।

    उनलार्ई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत भक्तपुर पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

    याे पनि

    ५ दिन कैद र जरिवाना फैसला भएपछि फरार सल्लाघारीका प्रधानाङ्ग पक्राउ

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...