News Portal

  • गृह मन्त्रालयकाे मूल्यांकनमा भक्तपुरकी सिडिओ पाण्डे उत्कृष्ट १९ भित्र पर्न सफल

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १३ साउन
    ८०३० पटक
    भक्तपुर, १३ साउन

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । उक्त ग्रेडिङ्मा भक्तपुर उत्कृष्ट स्थान सहित ‘ए’ ग्रेड हासिल गर्न सफल भएकाे छ ।

    भक्तपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ‘ए’ ग्रेड हासिल गर्न सफल भएकी हुन् । उनी अघिका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने ‘बी प्लस’ ग्रेडमा चित्त बुझाउनु परेको थियाे । सानो जिल्लाको रुपमा रहेको भक्तपुरमा भट्टकाे प्राप्ताङ्क सन्तोषजनक थिएन । धादिङ घर भएका भट्ट भक्तपुरमा कमजोर देखिएका थिए । उनी ७७ सिडिअेा मध्ये ६४औ नम्बरमा परेका थिए ।

    गत वर्षकाे तुलनामा यस वर्ष भक्तपुरले राम्राे नतिजा निकालेेकाे छ । हल्ला कम र काम बढी गर्ने गरेकी प्रजिअ हुमकलाले आफूलाइ उत्कृष्ट सावित गरेकी छन् । उनी ७७ सिडिअेामध्ये उत्कृष्ट १९ भित्र पर्न सफल भएकी हुन् ।

    अर्घाखाँचीमा जन्मिएकी तथा गुल्मी घर भएकी भक्तपुरकी प्रजिअ पाण्डेलाई बाैद्धिक र याेजनाबद्ध कार्य सम्पादन गर्ने कार्यालय प्रमुख मानिन्छ । बाहिरी दबाबमा नपरी कानुनसम्मत र विवेकशील निर्णय गर्ने कारण उनी भक्तपुरमा हालसम्म बिबादमा परेकी छैनन् । उत्कृष्टमा परेपछि प्रजिअ पाण्डेले भक्तपुरपाेस्टसंग प्रतिकृया दिदै आफूले यसकाे श्रेय  जिल्लास्थित कार्यालयका प्रमुखहरु, आफ्ना मातहतका कर्मचारी र आम सेवाग्राहीलाइ दिने बताइन् । ‘मूल्यांकनमा उत्कृष्ट हुनु हामी सबैका लागि खुशीकाे कुरा हाे तर याे हल्लाकाे विषय हाेइन, हामीले अझै धैरै काम गर्न बाँकी छ ।” उनले भनिन् ।

    गृह मन्त्रालय र सिडिओहरुबीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । ए प्लस, ए, ए माइनस् र बी प्लस गरी ४ वटा ग्रेडमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । संघीय सरकारका जिल्ला प्रमुख पनि रहेका सिडिओहरुलाई यसले करार बमोजिम काम गर्न थप प्रतिस्पर्धी बनाउने गृह मन्त्रालयको बिस्वास रहेको बताइएकाे छ ।

    सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध बनाइराख्ने सरकारको नीतिलाई सबैभन्दा पहिले लागू गरेको गृहले सिडिओहरुलाई उनीहरुको करार बमोजिमको कार्यप्रगती हेरेर ग्रेडिङ गरेपछि करार गरेर फरार हुने र काम कम र कुरा बढी गर्ने प्रवृत्ती भएका प्रजिअहरुकाे भने पर्दाफास हुँदै आएकाे छ ।

    सच्याइएको : जन्मस्थान अर्घाखाँची हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक 

    याे पनि 

    भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...