News Portal

  • फिलिपिन्समा शक्तिशाली भूकम्प

    १०१० पटक

    काठमाडौं, २ भदौ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।

    फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।

    मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरुमा धाँजा फाटेको तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । उनले प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरु परिचालन भइसकेको पनि बताए ।

    उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो ।

    प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो । एपी

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...