News Portal

  • कोरोना भाइरस: दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

    भक्तपुरपोस्ट संवाददाता६ भाद्र २०७७
    १०८८ पटक
    ६ भाद्र २०७७

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।

    तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस “कम समयमा” नियन्त्रणमा आउन सक्ने उनले बताए।”पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,” उनले भने। “तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।”

    सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए।हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

    महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई)सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई “अपराधको” सङ्ज्ञा दिए।”कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,” उनले भने।

    “तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।”उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।

    विविसी नेपाली

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...