News Portal

  • चाँगुनारायणका छोरीलाई ३ लाखको निक्षेप बिमा, उद्यमीलाई ब्याजमा अनुदान

    भक्तपुरपोस्ट संवाददाता चागुँनारायण, २७ भदौ
    १६५३ पटक
    चागुँनारायण, २७ भदौ

    देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाको महत्वाकांक्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ लागि सहकार्य गर्ने भएको छ । नगरपालिका र बैंक बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    चाँगुनारायण नगरपालिकाले यस आर्थिक वर्षको निती तथा कार्यक्रम र र बजेटमा समाबेश गरेको “वचतखाता छोरीको, सुरक्षा जीवनभरीको” कार्यक्रममा सहकार्यका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख सोमप्रसाद मिश्र र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता पत्रमा नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष चार हजार जम्मा गर्दै जाने ब्यबस्था मिलाईने बताइएको छ।

    सम्झौता वमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदानगर्ने उच्चतम ब्याजदर प्रदानगर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मागर्ने झिक्ने लगायतका अन्तरवैंक सेवामा कुनैपनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

    साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाखसम्मको निक्षेप बीमा समेत गरिनेछ। यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्ने बताइएकाे छ । उक्त रकम झिक्न भने छात्राहरुले १२ कक्षा उत्तिर्ण गर्नैपर्ने प्रावधान राखिएकाे छ ।

    यसबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदानगर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    त्यसैगरी सोहि अवसरमै चाँगुनारायण नगरपालिका एबं नेपाल बैंक लिमिटेड बिच “मेयर उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ।

    उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिईनेछ।

    यसबाट स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न सहज हुने अपेक्षा गरिएको छ।

    जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको जनाइएको छ।

    उक्त अवसरमा चाँगुनारायण नगरपालिकाकी उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, भक्तपुर शाखाका प्रमुख बिष्णु मान भैल लगायतको उपस्थिति रहेको थियो ।

    याे पनि हेर्नुस्

    चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिनेसम्म(पूर्णपाठ)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...