News Portal

  • यात्रा गर्दा घरबाटै खाना–खाजा लैजान सरकारको अनुरोध

    भक्तपुरपोस्ट संवाददाता
    ११२४ पटक

    भक्तपुर, ७ असोज । सरकारले अत्यावश्यक काम बाहेक जथाभावी यात्रा नगर्न आह्वान गरेको छ । साथै यात्रा गर्दा सकेसम्म घरबाटै खाजा लगेर जान पनि अनुरोध गरेको छ ।

    यातायात व्यवस्था विभागले अपिल जारी गर्दै भनेको छ, ‘यात्राको क्रममा जथाभावी खाना–खाजा खाँदा, सवारीसाधनमा चढ्दा–झर्दा, अनावश्यक यात्रा गर्दा कोभिडको संक्रमण झन् फैलनसक्ने जोखिम रहने हुँदा यात्रुले यात्राको क्रममा आफूलाई आवश्यक पर्ने खाना–खाजा सकेसम्म घरबाट नै प्याकिङ गरी साथमा लिएर हिँड्न अनुरोध छ ।’

    यसैगरी, विभागले होटल, रेस्टुरेन्टलाई स्वच्छ खाना, खाजा प्याकिङ गरी उपलब्ध गराउन पनि निर्देशन दिएको छ । सरकारी निर्णय अनुसार असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...