News Portal

  • आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    भक्तपुरपोस्ट संवाददाता
    ७६८ पटक

    काठमाडौं, ७ असोज । बुधबार कीर्तिमानी आरोही आङरिता शेर्पाका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार गरिएको हो ।

    पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । साथै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

    आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए । ‘हिउँचितुवा’ का नामले विश्वभर कहलिएका उनले नेपालका ८ हजार अग्ला सबै हिमाल बोतलको अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनले वसन्तकालीन र शरदकालीन दुई याममै बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेका थिए । उनको यो कीर्तिमानलाई कसैले पनि तोड्न सकेको छैन । आङरिताले अन्तिमपटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...