News Portal

  • भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

    ८०० पटक

    भारत, १२ असोज । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो ।

    त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।

    सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...