भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ भने वागमति प्रदेशको काठमडौंमा ५७ वर्र्षीया महिला, ६० वर्षीय र ७० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, चितवनमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । यता, प्रदेश ५ को बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।