News Portal

  • अण्डा खाने सही तरिका के हो ? तारेर कि उसिनेर ?

    २१९३ पटक

    एजेन्सी । अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मनपर्छ । कतिलाई भने अण्डा आधा पाकेको मनपर्छ । मानिसहरु सबैभन्दा पहिला स्वादलाई प्राथमिकता दिन्छन् । स्मरण रहोस्, पकाएको र उसिनेको अण्डाको फाइदा भिन्न छन् । प्रश्न यो छ कि अण्डालाई आफ्नो स्वाद अनुसार उसिनेर वा पकाएर खाइरहेका छन्, त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? यो लेखमार्फत् अण्डा खाने सही तरिका के हो ? त्यसबारे जानकारी लिऔं । साथै यसमा लुकेका गुणबारे पनि थाहा पाऔं ।

    अण्डालाई किन भनिन्छ सुपरफुड ?
    अण्डालाई सुपरफुड भनिन्छ किनभने यो स्वस्थ पोषक तत्व र भिटामिनले भरिएको हुन्छ । यसभित्र प्रोटिन, बायोटिन, आइरन, स्याचुरेटेड फ्याट, भिटामिन बी सेभेन, भिटामिन एच, भिटामिन बी १२, जिङ्क, म्याग्नेसियम र क्यारोटिनोयड भरपुर मात्रामा पाइन्छ । उच्च कोलेस्ट्रोल र मुटु सम्बन्धि समस्यासँग जुधिरहेका मानिसहरुले भने अण्डा खान हुँदैन ।

    काँचो अण्डाको स्वास्थ्यमा प्रभावः
    केही मानिसहरु विशेषगरी मांसपेशी बढाउनका लागि काँचो अण्डाको सेवन गर्छन् । यद्यपि, यस्तो गर्नु गलत हो । अण्डा धेरैजसो साल्मोनेलाले दूषित हुन्छन् । यस्तोमा यसको काँचो सेवनले ब्याक्टेरिया खाद्य जनित रोगलाई शरीरमा पैदा गर्न सक्छ । तसर्थ डाक्टरले अण्डा पकाएर मात्रै खान सुझाउँछन् । अण्डा पकाएपछि प्रोटिन भरपुर मात्रामा पाउन सकिन्छ ।

    अण्डालाई पकाएर खाँदाः
    अण्डालाई धेरै मानिसहरुले पकाएर नै खान्छन् । अण्डालाई टोस्ट बनाएर खाने हो भने यो स्वास्थ्य र उच्च प्रोटिनयुक्त नास्ता हुन्छ । यसका लागि अण्डामा केही तरकारी, मसला र पनिरजस्ता खाद्य पदार्थ हालेर त्यसलाई राम्रोसँग मिक्स गरेर मध्यम आँचमा पकाउने । यो अण्डा पकाउने सबैभन्दा राम्रो विधि हो र निकै छिटो पनि यो बनाउन सकिन्छ । यदि तपाईंले यसलाई धेरै बेर पकाउनुहुन्नँ भने संवेदनशील पोषक तत्व निकै काम मात्रामा नष्ट हुनेछन् । तारेको अण्डालाई धेरै बेर पकाउँदा अण्डामा प्रोटिन र भिटामिन बी–१२ जस्ता थुप्रै पोषक तत्वको कमी हुनसक्छ ।

    अण्डा उसिनेर खाँदाः
    अण्डालाई धेरैबेर पकाउँदा यसमा पाइने धेरैजसो पोषक तत्वको नष्ट हुन्छ तर अण्डा धेरैबेर उसिन्दा भने त्यसबाट थोरै मात्रामा मात्रै पोषक तत्व नष्ट हुन्छ । अण्डा उसिन्दा त्यसको रानी (पहेँलो भागमा) एन्टिअक्सिडेन्टको मात्रा कम हुनसक्छ । जर्नल अफ एग्रिकल्चरल फूड केमेस्ट्रिमा प्रकाशित एक अध्ययन अनुसार अण्डा उसिन्दा त्यसको रानीमा एन्टीअक्सिडेन्ट सामग्रीमा २२.५ प्रतिशतको कमी आउन सक्छ । धेरै बेर उमालिएको अण्डाको तुलनामा थोरै बेर उमालिएको अण्डामा धेरै पोषक तत्व पाइन्छ ।

    तसर्थ, तारेर बनाएको अण्डा मिठो लाग्छ भने मध्यम आँचमा धेरैबेर नपकाइकन खानुपर्छ र यदि उसिनेको अण्डा रुचाउनुहुन्छ भने पनि लामो समयसम्म नउमाल्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...