News Portal

  • बेलायती प्रधानमन्त्रीले भने– कोरोनाका कारण बेलायत ‘गम्भीर क्षणमा’

    इभक्तपुर संवाददाता
    ७३२ पटक

    एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बढ्दो कोरोना भाइरससँग जुध्नका लागि नयाँ उपायहरूलाई केही समय लाग्ने बताएका छन् ।

    आफ्नो ब्रिफिङमा प्रम जोनसनले कोरोनाका कारण बेलायत गम्भीर क्षणमा रहेको बताउँदै संक्रमण र सोका कारण हुने मृत्युमा भइरहेको वृद्धिले आफ्ना योजनाहरू महत्वपूर्ण भएको बताए ।

    उनले आवश्यक परेमा आफू थप प्रतिबन्धहरू लगाउन नहिच्किचाउने पनि बताए ।

    त्यसैगरी प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सले भने– अहिले यो हाम्रो नियन्त्रणमा छैन ।

    ुयहाँ यो समयमा सन्तुष्ट हुनुपर्ने कुनै कारण छैन, उनले थपे ।

    यो भनाइ बेलायतमा ७ हजार १ सय ८ संक्रमित थपिएको र सोका कारण ७१ जनाको मृत्यु भएको अवस्थामा आएको छ ।

    गत साता जोनसनले राति १० बजेपछि पब, बार र रेष्टुरेन्टहरू बन्द गर्नुपर्ने र विवाह समारोहमा १५ जना भन्दा बढी मानिसहरू उपस्थित हुन नपाउने प्रतिबन्धको घोषणा गरेका थिए ।

    त्यसयता, स्थानीय लकडाउनहरू लागु भएका छन् ।

    डाउनिङ् स्ट्रिटमा भएको प्रेस भेटघाटमा आगामी अवस्थाको बेलायतले आत्मविश्वासका साथ सामना गर्ने बताए । मार्च महिनाको भन्दा राम्रो तयारीमा रहेकाले आत्मविश्वासका साथ खडा हुने दाबी उनको दाबी छ ।

    बेलायतले अक्टुबरको अन्त्यसम्म प्रतिदिन ५ लाख कोरोना परीक्षण पु¥याउने र सातवटा नाइटिङगेल अस्पतालमा २ हजार वेडको व्यवस्था गर्नुका साथै चार महिनाका लागि आवश्यक पिपिई, मास्क, गाउन र भाइजरहरूको जोहो गरिसकेको छ ।

    जोनसनले बितेका ६ महिनामा भेन्टिलेटरको संख्यामा तेब्बरले वृद्धि गर्दै ३१ हजार ५ सय पु¥याएको जानकारी दिए ।

    बेलायतमा मंगलबारसम्म मेकानिकल भेन्टिलेटरमा ३ सय १२ जना विरामीको उपचार भइरहेको छ भने २२ सय ५२ जनाको अस्पतालमा उपचार चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...